देउवालाई व्यापारी नै प्रिय : स्वास्थ्य मन्त्रालयको जिम्मा शिक्षा व्यापारीलाई

देउवालाई व्यापारी नै प्रिय : स्वास्थ्य मन्त्रालयको जिम्मा शिक्षा व्यापारीलाई

डोबाटेलाई मन्त्रीको शपथ खान बोलाएर बिच बाटैमा अलपत्र पारेर गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले थापालाई मन्त्री कानुन मन्त्री बनाए। गठबन्धनको बलमा मुख्यमन्त्री बनेका पोखरेल नेपाली काँग्रेसका सांसद हुन्।

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेपपछि डोबाटेको नाम काटेर थापालाई नियुक्त गरिएको सार्वजनिक भएको थियो। यता केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री आफ्नै भागमा राखेर स्वास्थ्य राज्यमन्त्रीको रूपमा श्रेष्ठलाई नियुक्त गरेका हुन्।

सांसदको रूपमा नै शिक्षा सम्बन्धी कानुनहरू आफू अनुकूल बनाउन लबिङ गरेको भन्दै विवादमा आइरहने श्रेष्ठ निजी शैक्षिक संस्थाहरूमा  संलग्न छन्।

काँग्रेसबाट उनी समानुपातिक कोटाबाट प्रतिनिधि सभाको सांसद भएका थिए। उनी लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष हुन्।

कोरोनाको तेस्रो लहरको जोखिम बढिरहेको बेला अनुभवी सांसदलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन दबाब बढिरहेको बेला उनले विवादित छविका श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

सत्ताधारी दलहरूबिच मन्त्रीको विषयमा सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन। प्रधानमन्त्री देउवाले आफूले प्रधानमन्त्रीको शपथ खाएपछि काँग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए।

सांसदबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको योजना बनाएका उनले अन्य दलबाट मन्त्रीको नाम नआउँदा मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार पार्टीमा मन्त्री हुन चाहने सांसदहरू धेरै भएकाले आफूलाई तनाव भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा बुहारी विना मगरलाई मन्त्री बनाएकोमा उनको आलोचना हुने गरेको थियो। यता जनता समाजवादी पार्टीले पनि सरकारमा सहभागी हुनेबारे निर्णय गरिसकेको छैन भने एमाले नेता माधव नेपाल समूहले पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन।

१० साउन, २०७८, १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।