बझाङमा सेती नदीमा हाम फालेर पुरुष बेपत्ता 

बझाङमा सेती नदीमा हाम फालेर पुरुष बेपत्ता 

काठमाडौं : बझाङमा सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार नदीमा हाम फालेर बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका—११, का ६० वर्षीय धर्मराज जोशी छन्।

नदीमा बेपत्ता जोशीको खोजीका लागि नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बझाङ प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रूपक खड्काले जानकारी दिए। 

बेपत्ता जोशीको मानसिक अवस्था ठिक नभएको बुझिएको उनले बताए।  ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

१० साउन, २०७८, ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।