एमालेले विधान अधिवेशनको तयारी सुरु गर्ने  

एमालेले विधान अधिवेशनको तयारी सुरु गर्ने  
फाइल तस्बिर

काठमाडौं : नेकपा एमालेले सोमबार बस्ने केन्द्रीय कमिटी र पाटीको विधान अधिवेशनको तयारी गर्न बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएको छ।

ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटीको बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। 

नेम्वाङका अनुसार अब पाटी अधिवेशनको तयारी सुरु हुनेछ। 

शुक्रबार बसेको स्थायी कमिटी बैठकले विवाद समाधान कार्यदलको १० बुँदे सहमति अनुमोदन गरेको थियो। शुक्रबारको बैठक वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थगित गर्न आग्रह गरेको थियो। 

स्थायी कमिटीको आज आइतबार बस्ने बैठकमा नेपाल पक्षका नेतालाई पनि बोलाएको जनाएको छ। एमालेले केन्द्रीय कमिटीको बैठक सोमबारका लागि बोलाएको छ। 

३ साउन, २०७८, ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।