टुसा पलाएको गेडागुडी काँचै खानु कति फाइदाजनक ?

टुसा पलाएको गेडागुडी काँचै खानु कति फाइदाजनक ?

स्वास्थ्य विज्ञका अनुसार टुसा पलाएको गेडागुडीमा ब्याक्टेरिया उत्पादन भएको हुनसक्छ। त्यसैले टुसा पलाएका गेडागुडीलाई काँचै खानु जोखिममुक्त हो भन्न सकिन्न। एकेडेमी अफ न्युट्रेसन एन्ड डायटेक्टिक्सका अनुसार टुसा उम्रिएको गेडागुडीमा साल्मोनेला टाइफी ब्याक्टेरियाका कारण टाइफाइड हुने जोखिम छ।

लिस्टिरिया ब्याक्टेरियाका कारण किड्नीसँग सम्बन्धित समस्याहरू आउन सक्छन्। त्यस्तै ई कोली ब्याक्टेरियाले यूटिआइको जोखिम हुने देखिएको छ।

त्यसैले टुसा पलाएको गेडागुडीलाई पौष्टिक आहार मानिए पनि यसलाई खाँदा सचेत हुनुपर्छ। यसबाट हुनसक्ने जोखिमबारे समेत जानकार हुनु राम्रो हो।

टुसाएको गेडागुडी काँचै खाँदा पेट दुख्ने समस्या हुनसक्छ। काँचै गेडागुडीले डायरिया हुनसक्ने जोखिम हुन्छ। डा स्मिता सिंहका अनुसार टुसाएका गेडागुडी काँचै खाइरहेका केहीले पेट दुखेको समस्या लिएर आउने गरेका छन्। धेरै टुसाएको मुङको गेडागुडी खाँदा उल्टी हुने जोखिम समेत हुन्छ।

ग्यास्ट्रिक र अल्सरको समस्या भएकाहरूले टुसाएको गेडागुडी काँचै खानु अगाडि चिकित्सकसँग परामर्श गर्नु राम्रो हो। केही चिकित्सक टुसा उम्रिएको गेडागुडी काँचै खाँदा फुड पोइजन हुने जोखिम उच्च हुने समेत बताउँछन्। सानो उमेरका बालबालिका, गर्भवती महिला र बृद्धहरुले टुसा उम्रिएको गेडागुडी काँचै खानुभन्दा पकाएर खानु राम्रो मानिन्छ।

स्रोत : वन्लीमाइहेल्थ डट कम

 

१३ असार, २०७८, १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।