नगरकोटीको पुस्तक 'कल्प-ग्रन्थ'को पहिलो कपी नारायण वाग्लेलाई

नगरकोटीको पुस्तक 'कल्प-ग्रन्थ'को पहिलो कपी नारायण वाग्लेलाई

काठमाडौँ  लेखक तथा नागरिक अभियन्ता नारायण वाग्लेलाई पहिलो कपी हस्तान्तरण गर्दै कुमार नगरकोटीको कथा सङ्ग्रह 'कल्प-ग्रन्थ'को वितरण सुरु भएको छ।

वाग्लेले सो पुस्तकको पूर्व भुक्तानी गरेको प्रकाशक बुक हिलले जानकारी दिएको छ। वाग्लेलाई उनको 'पूर्व-भुक्तान-प्रति' लेखक नगरकोटीले हस्तान्तरण गरेका थिए।

गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी पाठकबाट 'पूर्व-भुक्तानी' लिई 'लिमिटेड एडिशन' मुद्रण भएको किताब कोभिड-१९ को सङ्क्रमणले जनजीवनमा प्रभाव पारेपछि वितरण रोकिएको थियो। विभिन्न शैलीका प्रयोगात्मक ७० वटा कथा रहेको 'कल्प-ग्रन्थ'को आफ्नो प्रति हात पारेपछि नारायण वाग्लेले 'मुद्रण र यसको प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्नेछ र यो एउटा मानक किताब बन्नेछ' बताएको प्रकाशकद्धरा जारी प्रेस नोटमा उल्लेख छ।

१३ असार, २०७८, १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।