काठमाडौं महानगरले आज र भोलि भेरोसेल खोप लगाउँदै 

काठमाडौं महानगरले आज र भोलि भेरोसेल खोप लगाउँदै 

काठमाडौं : काठमाडौं महानगरपालिकाले खोप अभाव भएपछि स्थगित गरेको कोरोनाविरुद्धको खोप लगाउने अभियान आजदेखि सुरु गर्दैछ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०-६१ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई परिपत्र गरेपछि आज र भोलि खोप लगाइने महानगरपालिकाले जनाएको छ। 

जेठ २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै स्थगित भएको थियो।

महानगरपालिकाले आज र भोलि वीर अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लक्षित उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाउने जनाएको छ। 

३१ जेठ, २०७८, ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।