कर्णालीमा थप १६१ जनामा कोरोना संक्रमण, १ काे मृत्यु 

कर्णालीमा थप १६१ जनामा कोरोना संक्रमण, १ काे मृत्यु 

सुर्खेत : पछिल्लो २४ घण्टामा कर्णालीमा १ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। 

उक्त अवधिमा जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणबाट ६२ र एन्टिजेन परीक्षणबाट ९९ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

पछिल्लो २४ घण्टामा जिल्लाभर २ सय २ जनाको आरटी पिसिआर विधिबाट र ३ सय ८२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। 

उक्त अवधिमा १ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर एक जनाको मृत्यु भएको छ। योसँगै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय ८९ पुगेको छ।

२९ जेठ, २०७८, २०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।