लुम्बिनीमा सत्तारुढ सांसदको असन्तुष्टि, डाँगीले दिए राजीनामा 

लुम्बिनीमा सत्तारुढ सांसदको असन्तुष्टि, डाँगीले दिए राजीनामा 

डाँगी मुख्यमन्त्री पोखरेलको निर्वाचन जिल्ला दाङको निर्वाचन क्षेत्र नम्बर २ ख बाट निर्वाचित भएका थिए। पोखरेल दोस्रो पटक मुख्यमन्त्री भएपछि भएको मन्त्री मण्डलमा दाङलाई उपेक्षा गरेका कारण डाँगीले राजीनामा दिएको गाइँगुइँ चलेको छ।  

सांसद पदबाट राजीनामा दिएका डाँगी माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन्। उनलाई माओवादी केन्द्रमा स्वागत गरिने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए। 

यस अघि एमाले कपिलवस्तुबाट निर्वाचित सांसद नारायण पाण्डेयले पनि सांसदबाट राजीनामा दिएका थिए। उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

दाङबाट उपनिर्वाचन लडेर निर्वाचन जितेकी विमला कुमारी खत्री पनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। यो सँगै लुम्बिनी प्रदेशमा एमालेको सांसद सङ्ख्या घटेर ३८ मा झरेको छ। ८७ सांसद रहेको लुम्बिनी प्रदेश  सभामा माओवादी केन्द्रका २ र जसपाका ४ जना सांसद निलम्बनमा परेका छन्। 

२२ बैशाख, २०७८, १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।