तारा अधिकारीको ‘तस्बिर’ सार्वजनिक

तारा अधिकारीको ‘तस्बिर’ सार्वजनिक

तस्बिरमा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन्। गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ।

पराईको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन छ।

त्यस्तै लाली ओठैमा गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर तथा राजनराज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ।

कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलमा सार्वजनिक गरेकी हुन्।

एल्बममा समावेश सबै गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलमा छन्।

२२ बैशाख, २०७८, १०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।