कैलालीमा बिहीबारदेखि एक हप्ता निषेधाज्ञा 

कैलालीमा बिहीबारदेखि एक हप्ता निषेधाज्ञा 

जिल्ला प्रशासन कार्यालय, कैलालीले वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालय, कैलालीमा आज बसेको सर्वपक्षीय बैठकमा जिल्लामा कोरोना संक्रमण भयावह बनेको भन्दै सरोकारवालाले लकडाउन गर्न स्थानीय प्रशासनसमक्ष सुझाव दिएका थिए।

१४ बैशाख, २०७८, १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।