संकटाले पहिलो पटक जित्यो आहा रारा गोल्डकपको उपाधि

संकटाले पहिलो पटक जित्यो आहा रारा गोल्डकपको उपाधि

काठमाडौं : संकटा क्लबले १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ।

पोखरा रंगशालामा आज (शनिबार) सम्पन्न फाइनलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै संकटाले उपाधि जितेको हो। आहा रारा गोल्डकपमा संकटाको यो पहिलो उपाधि हो। 

खेलको निर्धारित र थपिएको समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। 

पेनाल्टी सुटआउटमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले गोल गरेका थिए। सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाएका थिए।

पेनाल्टी सुटआउटमा अफ्रिकन रुट्सका यानिक र रिमले गोल गरेका थिए। यस्तै, कुइटेको प्रहार बाहिरिँदा एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाएका थिए।

त्यसअघि खेलको १० औं मिनेटमा संकटाका वित्सेले १ गोल गरेका थिए। उनले मौसाको पासलाई गोलमा परिणत गरेका थिए। 

खेलको ५१ औं मिनेटमा संकटाका विदेशी खेलाडी ग्लोरीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। 

उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रूपैयाँ पुरस्कार जितेको छ। उपविजेता अफ्रिकन रुट्सले नगद ५ लाख १ हजार रूपैयाँमा चित्त बुझाएको छ। 
 

२८ चैत, २०७७, १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।