काठमाडौं : नेपाली बजारमा सुनमो मूल्य तोलामा दुई सय रूपैयाँ घटेको छ।
अर्थतन्त्र
तोलामा दुई सय रूपैयाँ घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलामा ८७ हजार ४ सय रूपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा घटेर तोलाको ८६ हजार ७ सय ५० रूपैयाँ निर्धारण गरिएको छ। हिजो यसको मूल्य ८६ हजार ९ सय ५० रूपैयाँ कायम थियो।
चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँ घटेर १ हजार २ सय ३५ रूपैयाँ तोकिएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
२०७७ चैत २३ गते १२:४४ मा प्रकाशित