मदन स्मृति पत्रकार पुरस्कार गुरागाईँलाई, जङप्रसाद पुरस्कार अधिकारीलाई, उमा सिंह सुवेदीलाई

मदन स्मृति पत्रकार पुरस्कार गुरागाईँलाई, जङप्रसाद पुरस्कार अधिकारीलाई, उमा सिंह सुवेदीलाई

काठमाडौँ : यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालीका कार्यकारी अध्यक्ष÷सञ्चालक गोपाल गुरागाईँले पाएका छन्।

यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ। गुरागाईँ विगत तीन दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन्। 

कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिएको छ। पण्डित विगत साँढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। यो पुरस्कारको राशि ४० हजार रुपैयाँ रहेको छ।

रिपोर्टर्स क्लब नेपालको २३ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक सालिक सुवेदीलाई संयुक्त रूपमा प्रदान गरे।

यो पुरस्कारको राशि ५० हजार रहेको छ। 

कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्ले र सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक ब्युरो–चिफ बालकृष्ण अधिकारीले पाएका छन्।

अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । अधिकारीलाई दिइएको पुरस्कारको राशि २५ हजार रहेको छ ।

यो वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई प्रदान गरिएको छ । सुवेदी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छिन्। सुवेदीलाई दिइने पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।

बाबु छिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमका फोटो पत्रकार मुकुन्द कालिकोटेले पाए। कालिकोटे विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनलाई दिइएको यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागले पाए। अनुरागले पाए। उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ। अनुराग विगत डेढ दशक भन्दा बढि समयदेखि पत्रकारितामा सक्रिय छन्। 

यो वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राइम टाईम्स टेलिभिजनका उपसम्पादक दीपक अर्याले पाए।

यसै गरी, योहो टेलिभिजनका वरिष्ठ कार्यक्रम प्रस्तोता रोहन श्रेष्ठ, दामन पोस्ट साप्ताहिकका सम्पादक सन्तराम विडारी, नेपाल पुकार टेलिभिजनका सञ्चालक प्रकाशचन्द्र दाहाल, न्युज एजेन्सी नेपालका क्यामेरा पर्सन देवआनन्द शिल्पकार, सरोकार टेलिभिजन तथा हिमालय टेलिभ्वाईसका क्यामेरा म्यान दुर्लभ थापा मगरलाई प्रधानमन्त्री ओलीले उत्कृष्ट युवा पत्रकारिता पुरस्कार दिएका थिए।

प्रधानमन्त्री ओलीले डेमेक्रेसी खबर साप्ताहिकका सम्पादक गणेश खड्का, न्युज फिल्मी डटकमका कार्यक्रम प्रस्तोता अनुप भट्टराई, रमाईलोछका प्रबन्ध निर्देशक उत्सव रसाइली, क्यानडा नेपाल डटकमका सम्पादक रौनक निरौला र प्राइम टाइम टेलिभिजनका पर्सा संवाददाता श्रीकान्त गुप्तालाई प्रधानमन्त्री ओलीले युवा पत्रकारिता पुरस्कार दिएका थिए।

१७ चैत, २०७७, २३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।