सरकारबारे तीन दलसँग छलफल गर्दै जसपा, आज प्रधानमन्त्री भेट्ने

सरकारबारे तीन दलसँग छलफल गर्दै जसपा, आज प्रधानमन्त्री भेट्ने

काठमाडौँ : सर्वोच्चको परमादेशका आधारमा सत्ताधारी दल एमाले र माओवादी केन्द्रको स्वरूपमा फर्किएपछि नयाँ सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टीले यसबारे मुख्य तीन राजनीतिक दलसँग छलफल गर्ने औपचारिक निर्णय गरेको छ।

एमालेमा पनि केपी ओली समूहसँग घनिष्ठ बन्दै गएको भन्दै टीकाटिप्पणी भइरहेको बेला बिहीबार बसेको  सचिवालयको बैठकले एमालेसँगै नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि छलफल गर्ने निर्णय गरेको हो।

बिहीबारको बैठकमा सङ्घीय परिषद् अध्यक्ष  डा बाबुराम भट्टराई, अध्यक्ष द्वय महन्त ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता द्वय अशोक राई र राजेन्द्र महतो उपस्थित थिए ।

बैठक सक्काएपछि उनीहरूले आजै प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा छलफल गर्दै छन्। पार्टीको मागबारे ओलीसँग छलफल गर्ने अध्यक्ष ठाकुरले दाबी गरेका थिए। उनले जेलमा रहेका पार्टीका नेताहरूको रिहाइ मुख्य माग रहेको बताएका थिए।

२७ फागुन, २०७७, १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।