क्षेत्रपाटी निःशुल्क चिकित्सालयको लिफ्ट उद्घाटन

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको लिफ्ट उद्घाटन

काठमाडौं : काठमाडौंको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा निर्माण गरिएको लिफ्ट उद्घाटन गरिएको छ।

चिकित्सालयको ६४ औं वार्षिकोत्सवको अवसरका काठमाडौं महानगरपालिका प्रमु्ख विद्यासुन्दर शाक्यले लिफ्ट उद्घाटन गरेका हुन्।  

लिफ्ट करिब ४५ लाख रूपैयाँको लागतमा निर्माण गरिएको हो। उक्त लिफ्ट बनाउन महानगरपालिकाले ३० लाख रूपैयाँ सहयोग गरेको थियो। 

चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले लिफ्ट जडान भएपछि अस्पतालका सेवाग्राहीलाई सहज भएको बताए। 

२५ शय्याको सो अस्पतालले दैनिक तीन सय बिरामीलाई ओपिडीमार्फत सेवा दिँदै आएको छ। अस्पतालमा नाक, कान, घाँटी, दन्त सेवा, मुटु रोगलगायत रोगको उपचार हुने गरेको छ।

चिकित्सालयको नयाँ भवन निर्माणका लागि महानगरले चालू आर्थिक वर्षमा ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको महानगरपालिकाले जनाएको छ। 

५ फागुन, २०७७, २१:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।