काठमाडौं : संसद् विघटन मुद्दामा एमिकस क्युरी (अदालतका सहयोगी)तर्फका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा संसद् विघटनको प्रावधान नभएको र स्वतः भंग हुने व्यवस्था मात्रै रहेको बताएका छन्।
उकेरा अपडेट
‘संसद् विघटनको प्रावधान संविधानमा छैन, स्वतः भंग मात्रै हुन्छ’

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी मुद्दामा राय दिँदै उनले भने, ‘हाम्रो संविधानले संसद् विघटनलाई मानेको छैन, यो स्वतः भंग हुन्छ।’
यसअघि प्रधानमन्त्रीका निजी तथा सरकारी पक्षका वकिलहरूले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिएको दाबी गरेका थिए।
एमिकस क्युरीमा नेपाल बारका तर्फ राय दिने क्रममा उनले संवैधानिक इजलासलाई यो मुद्दाको फैसला गर्दा धारा उल्लेख गर्ने अधिकार रहेको बताए।
उनले संसद् विघटनबारे सरकार र रिट निवेदकको बुझाइ फरक–फरक रहेको बताए। ‘संसद् विघटनबारे सरकारले एउटा रुपमा बुझ्यो, उहाँहरू (रिट निवेदक)ले अर्कोरूपमा बुझ्नुभयो,’ उनले भने।
उनको बहस जारी छ। एमिकस क्युरीको तर्फबाट उनीसहित विजयकान्त मैनाली र सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठकले राय दिनेछन्।
२०७७ फागुन ०४ गते १४:०७ मा प्रकाशित