एपिएफको अपराजित यात्रा कायमै, पुलिस २–१ ले पराजित 

एपिएफको अपराजित यात्रा कायमै, पुलिस २–१ ले पराजित 

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपिएफ क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। 

प्रतियोगितामा १० औं जित हासिल गर्ने क्रममा आज (सोमबार) एपिएफले नेपाल पुलिस क्लबमाथि २–१ गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो।

एपिएफलाई जित दिलाउन रबिना गोलेले १ गोल गरिन्। उनले खेलको ८६ औं मिनेटमा गोल गरिन्। 

एपिएफले १ गोल उपहारका रूपमा पायो। खेलको ६९ औं मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले आत्मघाती गोल गरिन्। 

यस्तै, पुलिसकी अमृता जैशीले १ गोल फर्काइन्। उनले खेलको ७५ औं मिनेटमा गोल गरिन्। 

जारी प्रतियोगितामा एपिएफले १० खेलबाट ३० अंक जोडेको छ भने पुलिसले १० खेल खेलेर १४ अंक बनाएको छ। 

अंकतालिकामा चौथो स्थानमा रहेको पुलिस उपाधि होडबाट बाहिरिसकेको छ। 

३ फागुन, २०७७, १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।