काेराेना भाइरस सङ्क्रमण फैलिएपछि चीनमा लकडाउन

काेराेना भाइरस सङ्क्रमण फैलिएपछि चीनमा लकडाउन

एजेन्सीः उत्तरी चीनमा काेराेना भाइरस सङ्क्रमण फैलने जाेखिम बढेपछि लकडाउन घाेषणा गरिएकाे छ। गत साता चीनकाे ११ प्रान्तमा एक सयभन्दा बढी सङ्क्रमित फेला परेपछि लकडाउन घाेषणा गरिएकाे हाे। 

चीनकाे नेशनल हेल्थ कमिसनका प्रवक्ता मी फेङले अक्टाेबर १७ यता थुप्रै सङ्क्रमित फेला परेकाे र याे सङ्ख्या बढ्ने क्रममा रहेकाे बताएका छन्। "महामारी पुनः फैलने जाेखिम झनै बढ्दै गएकाे छ।"

चीनमा ७५ प्रतिशत जनसङ्ख्याले खाेपकाे पूर्ण मात्रा लगाइसकेका छन्। यस्ताे अवस्थामा पनि महामारी फैलने जाेखिम बढ्नुलाई निकै महत्त्वका साथ हेरिएकाे छ।

सङ्क्रमण चीनका इनर मङगाेलिया, गान्सु, निङसिया, गिजाेउ र बेइजिङमा देखापरेकाे हाे। चिनियाँ अधिकारीहरूले यी प्रान्तमा अन्तरप्रान्तीय भ्रमणमा राेक लगाएका छन्।

यस्तै सङ्क्रमण फेला परेका विभिन्न प्रान्तमा स्थानीयलाई घरभित्रै बस्न भनिएकाे छ भने पर्यटकलाई पनि साविककाे स्थानबाट अन्त नजान आदेश दिइएकाे छ। 

९ कात्तिक, २०७८, ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।