तालिबान सरकारलाई चीनको समर्थन

तालिबान सरकारलाई चीनको समर्थन

एजेन्सीः अफगानिस्तानकाे सत्ता कब्जा गरेकाे तालिबान सरकारलाई चीनले समर्थन जनाएकाे छ। तालिबानसँग सम्बन्ध राख्न तयार भएकाे भन्दै चीनले प्रारम्भिक चरणमा आपतकालिन सहयाेगस्वरुप तीन कराेड १० लाख अमेरिकी डलर सहयाेग गर्ने समेत जनाएकाे छ।

गत सातामात्र तालिबानले अन्तरिम मन्त्रिपरिषद् गठन गर्दै अफगानिस्तानलाई 'इस्लामिक एमिरेट्स' घाेषणा गरेकाे थियाे।

तालिबान अधिकारीहरूले पनि चीनलाई अफगानिस्तानकाे महत्त्वपूर्ण मित्रराष्ट्र रहेकाे बताएका छन्। युद्धग्रस्त अफगानिस्तानकाे पुनर्निर्माणमा तालिबानले चीनकाे लगानी र सहयाेग प्राप्त हुने विश्वास व्यक्त गरेकाे विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुय चुनीनले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताएका छन्। उनले यस सहयोगलाई अफगान जनतालाई दिइएको आपतकालिन सहयोगको रुपमा व्याख्या गरेका छन्।

सहयोगअन्तर्गत  खाद्य पदार्थ, पानी, खोप, औषधिलगायत पनि रहने प्रवक्ता चुनीनले जानकारी दिएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई पहिलो चरणमा ३० लाख खोप दिने घोषणा यसअघि नै गरिसकेका छन्।

२४ भदौ, २०७८, २१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।