आफ्नै निर्वाचन क्षेत्रमा श्रम मन्त्रीको पुत्ला दहन 

आफ्नै निर्वाचन क्षेत्रमा श्रम मन्त्रीको पुत्ला दहन 

धनगढी : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले आफ्नै निर्वाचनमा पुत्ला दहन गरिएको छ।

मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा दाहाल–नेपाल समूहले चौधरीको पुत्ला दहन गरेको हो। 

‘उहाँले हामीलाई धोका दिनु भयो’ नेकपा कैलाली जिल्ला सचिवालय सदस्य पर्सु चौधरीले भने ‘त्यसैले बिरोधमा पुत्ला दहन गरेका हौँ।’

लामो समय दाहाल–नेपालको समूहमा रहेका चौधरी उक्त समूहबाट एकाएक ओली समूहमा गएर मन्त्री बनेपछि आफ्नै गाउँमा बिरोध भैरहेको छ।  
 

११ पुस, २०७७, १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।