नागरिक अगुवा रिहा गर्न माथिल्लो निकायको आदेश कुर्दै प्रहरी 

नागरिक अगुवा रिहा गर्न माथिल्लो निकायको आदेश कुर्दै प्रहरी 
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : प्रहरीले पक्राउ गरेका बालुवाटारमा प्रदर्शन गर्ने नागरिक अगुवाहरूलाई भरेसम्म रिहा गर्ने बताएको छ। डिएसपी खुमलाल भुसालले पक्राउ परेका १८ जनालाई भरेसम्म छाडिने बताए। 

मालीगाउँ प्रहरी बिटले पक्राउ परेकालाई कति समय राख्ने भन्ने माथिल्लो निकायको आदेश कुरेको भुसालले बताए। चिकित्सा शिक्षा आयोगको बैठक बसेको बालुवाटार अगाडि प्रदर्शन गर्न गएका  बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र सङ्ग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भास्कर गौतम, सौरभ कार्की लगायत १८ जनालाई मालीगाउँ प्रहरी बिटमा राखिएको छ। 

निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने सरकारको तयारीविरुद्ध उनीहरू बालुवाटार बाहिर प्रदर्शनमा गर्न गएका थिए। प्रहरीले निषेधाज्ञा उल्लङ्घन र निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि नागरिक अगुवाहरूलाई पक्राउ गरिएको जनाएको छ।

२८ जेठ, २०७८, १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।