तनहुँमा पल शाह जेलमुक्त हुँदै गर्दा माइतीघरमा आजाद मोर्चाको प्रदर्शन

तनहुँमा पल शाह जेलमुक्त हुँदै गर्दा माइतीघरमा आजाद मोर्चाको प्रदर्शन

काठमाडौं : बलात्कार, महिला हिंसा र कानूनका छिद्र प्रयोग गरेर पीडकलाई दिइएको सहुलियतको विरोधमा काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन भयो।

आजाद मोर्चा नामक युवाहरूको समूहले माइतीघरमा प्लेकार्ड देखाएर विरोध गरेका हुन्। उनीहरुले बोकेका प्लेकार्डमा विभिन्न दवावमुलक र चेतनामुलक सन्देशका साथै खबरदारीका शब्दहरु थिए।

आइतबार साँझ बलात्कार मुद्दामा जेलमा रहेको पल शाहलाई उच्च अदालत, पोखराले सफाइ दिएपछि युवाहरूको समूहले सोमबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। पल जिल्ला कारागार तनहुँबाट छुट्दै गर्दा यता माइतीघरमा मोर्चाका युवाहरू प्रदर्शन गर्दै थिए।

उनीहरुले पछिल्लो समय भइरहेको बलात्कारका पीडकहरूको पक्षमा भइरहेका वकालतको बारेमा चिन्तासमेत व्यक्त गरेका छन्।

Photo 1

Photo 2

१५ फागुन, २०७९, २२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।