गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

गुल्मी : कालीगण्डकी करिडोरअन्तर्गत सत्यवती गाउँपालिका-१ ठूलाबगरमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका-३ का ३४ वर्षीय लक्ष्मण थापा र ४५ वर्षीय गिरमान सिंह राना रहेका छन्।

रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शवलाई परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको छ।

जेठ ४, २०८३ सोमबार ०७:३७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।