मंगलबार २९ बैशाख, २०८३
सुनचाँदीको मूल्य सामान्य वृद्धि
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।
मंगलबारको तुलनामा आज सुन तोलामा पाँच सय रुपैयाँ र चाँदी ३० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार दुई सय रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ रुपैयाँ निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य तीन हजार ३७९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।
जेठ २१, २०८२ बुधबार ११:३२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।