३८ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६१ करोडको कारोबार

३८ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६१ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ।  आज नेप्से ३८.१९ अंकले बढेर २७८३ विन्दुमा कायम भएको छ। 

बजार बढेसँगै कारोबार रकम पनि बढेको छ। आज चार अर्ब ६१ करोडको कारोबार भयो। अघिल्लो दिन तीन अर्ब २८ करोडको कारोबार भएको थियो।

२४७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने चारको स्थिर रह्यो। आज सबै समूहका उपसुचक बढेका छन्।

अन्य समूह सबैभन्दा धेरै २.११ प्रतिशत बढेको छ।

बैंकिङ १.०२, विकास बैंक १.३६, फाइनान्स १.८१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर  १.७९, लगानी १.२५, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स १.७०, निर्जीवन बीमा १.६० र व्यापार समूह १.१५ प्रतिशत बढे। 

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको मूल्य सबैभन्दा धेरै १४.१९ प्रतिशत बढ्यो। कुमारी धनवृद्धिको मूल्य ११.३७ प्रतिशत बढ्यो

आज धेरै कारोबार भएका कम्पनीमा लायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, एसवाई प्यानल, रिडी पावर र साहस ऊर्जा रहेका छन्। 

वैशाख २८, २०८३ सोमबार १५:२५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।