मंगलबार २९ बैशाख, २०८३
तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं : सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँ पुगेको हो।
शुक्रबार सुन तोलाको एक लाख ९० हजार आठ सय रुपैयाँ कायम भएको थियो।
महासंघका अनुसार आज चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार चाँदी तोलाको एक हजार नौ सय ६० रुपैयाँ थियो।
वैशाख २८, २०८२ आइतबार १०:४७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।