मंगलबार २९ बैशाख, २०८३
सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो
काठमाडौं : सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो।
आइतबार एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
वैशाख ८, २०८२ सोमबार ११:३५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।