मंगलबार २९ बैशाख, २०८३
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ।
नेपाल सुन चाँही महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो।
आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ। आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ।
चैत २५, २०८१ सोमबार ११:०५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।