११ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं : साताको चौथो दिन बुधबार (आज) सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ।
मंगलबारको तुलनामा आज सुन तोलाको ११ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अुनसार आज सुनको मूल्य तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य आज तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँ थियो।
फागुन ७, २०८१ बुधबार १०:५१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।