सुनमा १६ सय र चाँदीमा पाँच रुपैयाँ बढ्यो

सुनमा १६ सय र चाँदीमा पाँच रुपैयाँ बढ्यो

काठमाडौं : साताको पाँचौं दिन बिहीबार (आज) सुनचाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनामा आज सुन तोलाको १६ सय रुपैयाँ बढ्दा चाँदीमा ५ रुपैयाँ उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

हिजो सुन तोलाको एक लाख ६६ हजार नौ सय रुपैयाँमा काराेबार भएको थियो।

साथै आज चाँदीको मूल्य आज तोलाको एक हजार नौ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलाको एक हजार नौ सय ७५ रुपैयाँ थियो।

माघ २४, २०८१ बिहीबार ११:१६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।