सीजी डिजिटलको पाँच नयाँ शोरूम उद्घाटन

सीजी डिजिटलको पाँच नयाँ शोरूम उद्घाटन

काठमाडौं : सीजी डिजिटलले एकैपटक देशका पाँच स्थानमा सेवा विस्तार गरेको छ।

कम्पनीले बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौंको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो।

यी शाखाहरूमा रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका इलेक्ट्रोनिक्स उत्पादनहरू राखिएका छन्।

कम्पनीका अनुसार शोरुममा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू : एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, मेडिया, केन्ट, इलिका, सेन्सेई, ब्ल्याक डेकर, क्रोम्प्टन, नथिङ र एप्पल आईफोन लगायतका उत्पादनहरू पाइन्छन्।

आफ्ना सामानहरुको प्रदर्शन र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

शोरुम उद्घाटनको अवसरमा कम्पनीले केही समयकाे लागि ग्राहकलाई ३० प्रतिशतसम्मको विशेष छुट दिएको छ।

नयाँ शाखाहरूमा फ्रि कुकिङ ग्लास र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ।  यी पाँच नयाँ शोरुमसमेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ।

पुष २९, २०८१ सोमबार १०:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।