मेटलाइफको ‘सधैं तपाईंको साथ’ कार्यक्रम

काठमाडौं : मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध बढाउन र निरन्तर सहयोग प्रदान गर्नका लागि मेटलाइफ ‘सधैं तपाईंको साथ’ (विथ यु) एक अग्रगामी कार्यक्रमको सुरुवात गरेको छ।
यस कार्यक्रमले कम्पनी र ग्राहकबीचको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले आफ्नो बीमा योजना र अतिरिक्त सेवाहरू बारे राम्ररी जानकारी प्रदान गर्दै उनीहरूलाई कम्पनीप्रति विश्वस्त रहन सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूलाई व्यक्तिगत सेवा प्रदान गर्ने प्रतिबद्धता रहेको छ। मेटलाइफका अभिकर्ताहरूले आफ्ना ग्राहकहरूसँग नियमित रूपमा सम्पर्कमा रहनेछन्।
यी भेटघाटहरू केबल शिष्टाचार भेट मात्र नभई ग्राहकहरूलाई बीमा योजनाहरूको जानकारी र विभिन्न अन्य सेवाहरूको विस्तृत मार्गनिर्देशनहरू प्रदान गर्दै सेवाहरूलाई प्रभावकारीरूपमा प्रयोग गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिनेछ।
साथै, ग्राहकहरूले मेटलाइफ नेपालको नयाँ पहलहरू र ग्राहकहरूको लागि हुने गतिविधिबारे जानकारी प्राप्त गर्नेछन्।
कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले उत्कृष्ट ग्राहक-केन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई यसले थप मजबुत बनाएको बताए।
पुष २९, २०८१ सोमबार १०:११:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।