बधाइको ओइरो लागेपछि अभिनेत्री वर्षाले लेखिन्'सबै शान्त रहनुहोला, म गर्भवती छैन’

बधाइको ओइरो लागेपछि अभिनेत्री वर्षाले लेखिन्'सबै शान्त रहनुहोला, म गर्भवती छैन’

काठमाडौँ : आफ्नो सामाजिक सञ्जालमा राखेको तस्बिरका कारण अहिले नायिका वर्षा राउत आफैँ स्पष्टीकरण दिँदै बस्नु परेको छ। शनिवार उनले सामाजिक सञ्जालमा पुट्ट पेट देखिएको तस्बिर सार्वजनिक गरेकी थिइन्।

दुई वटा तस्बिर राखेकोमा दुबैमा गर्भवतीझैँ पेट हल्का बढेको र पुट्ट देखिएको थियो। उनले प्राकृतिक सावरको कुरा लेखेकी थिइन्। तस्बिर उनको लेखाइले उनी गर्भवती भएको लख काटेर उनका फ्यान र उनलाई आमा भएको हेर्न चाहनेहरूले बधाईको ओइरो लगाउन थालिहाले। 

अति नै भएपछि उनले पुन सामाजिक सञ्जालमा लेखिन्'सबै जना शान्त रहनुहोला, म गर्भवती छैन।’

वर्षाले प्रेमी सन्जोग कोइरालासँग विवाह गरेको ६ महिना भइसक्यो। तर उनले आमा बन्ने योजना नभएको बताउँदै आएकी छिन्। यी जोडीबिच बारम्बार ठाकठुक समेत हुने गरेको छ। श्रीमान्-श्रीमतीबीच कहिलेकाहीँ ठाकठुक हुनु सामान्य भए पनि यी दुवैको ठाकठुक बजारसम्म आइपुग्दा गम्भीर बनिसकेको हुन्छ।

असार २३, २०८१ सोमबार ००:०४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।