अष्ट्रेलिया सुपर आठमा छनोट

अष्ट्रेलिया सुपर आठमा छनोट

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटमा समूह ‘बी’ अन्तर्गतको खेलमा नामिबियामाथि अष्ट्रेलियाले नौ विकेटको शानदार जित निकालेको छ।

७३ रनको लक्ष्य ५.४ ओभरमा एक विकेट गुमाएर भेट्टाउँदै अष्ट्रेलिया सुपर आठमा छनोट भएको छ।

अष्ट्रेलियाका लागि ट्रेभिस हेडले १७ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाएर नटआउट रहे।

त्यसबाहेक डेभिड वार्नरले ८ बलमा २० रन जोड्दा मिचेल मार्स ९ बलमा तीन चौका र एक छक्काको मद्दतमा १८ रन बनाए।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले एक विकेट लिए।

त्यसअघि वेस्ट इन्डिजको एन्डिगुवाको सर भिभिएन रिचार्ड स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नामिबिया १७ ओभरमा अलआउट हुँदै ७२ रनमा समेटियो।

उसका लागि कप्तान जेरार्ड इरासमसले ३६ र माइकल भान लिङ्गनले १० रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अष्ट्रेलियाका एडम जाम्पाले चार, जोस हेजलवुड र मार्कस स्टोयनिसले समान दुई-दुई विकेट लिँदा प्याट कमिन्स र नथन इलिसले समान एक-एक विकेट लिए।

जेठ ३०, २०८१ बुधबार ०८:३७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।