प्रदीपले भेट्ने इच्छा राख्दा समेत अनमोलले बालै दिएनन्

प्रदीपले भेट्ने इच्छा राख्दा समेत अनमोलले बालै दिएनन्
फिल्मी पत्रको भिडियोबाट लिइएको तस्बिर

काठमाडौं : गत बिहीबारबाट एकैसाथ दुई नेपाली फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा आए।

‘फर्की फर्की’मा अभिनेता अनमोल केसीको मुख्य भूमिका छ भने ‘पुजार सार्की’मा अभिनेता प्रदीप खड्कासँगै पल शाह र आर्यन सिग्देल छन्।

फिल्म प्रदर्शन आउनुअघि प्रदीप र अनमोल दुवैले मिडियामा भरमार अन्तर्वार्ता दिए। उनीहरू अन्तर्वार्ताकै क्रममा पनि एक अर्काको कटाक्ष गरिरहेका थिए।

अनमोलले एक अन्तरवार्तामा प्रदीपसँग आफ्नो चिनजान नभएको समेत बताए। जबकी उनीहरूबीच केही वर्षअघि काठमाडौंको एक अवार्ड समारोहमा भेटघाट भएको थियो। सो समयमा उनीहरू एकअर्कासँग राम्रैसँग बोलेका पनि थिए।

तर, शनिबार भक्तपुरमा भने यी दुई एकअर्काबीच बोलेनन्। अनमोल र प्रदीप हल भिजिटका क्रममा भक्तपुर क्यूएफएक्समा पुगेका थिए।

हलमा पहिला पुगेका प्रदीप दर्शक तथा युट्युबरसँग बोलिरहँदा कालो चश्मा लगाएर अनमोलको इन्ट्री भएको थियो। अभिनेत्री जसिता गुरुङको साथमा हलमा उपस्थित अनमोलले छेवैमा रहेका प्रदीपलाई बालै नदिइ हिँडे।

सामाजिक सञ्जाल तथा अन्तरवार्तामा एकअर्काबीच उछितो काढेका दुवै अभिनेताबीच भेट हुँदा युट्युबर तथा मिडियाकर्मी उत्साहित भएका थिए। तर, अनमोलले वास्तै नगरी हिँड्दा त्यहाँ रहेका सबैको उत्साह निराश भए।

अनमोलले पुजार सार्कीका मिडिया कोअर्डिनेटर जीवन पराजुली लगायतसँग भने हात मिलाए।

अनमोल आउनुअघि उनले दिएको एक अन्तर्वार्तामा प्रदीपले भनेका थिए, ‘म उहाँ(अनमोल)हरूलाई वेट गरिराको छु, उहाँहरू आउनु भएपछि भेटेर जाउँ भन्ने हिसाबले। हामीबीच भेट नभाको पनि लामो समय भयो।’

प्रदर्शनरत फिल्मका दर्शकको कुरा गर्ने हो भने दुवैमा लगभग समान झैँ देखिन्छन्। यद्यपि दुवैले अहिलेसम्म कमाइ सार्वजनिक गरेका छैनन्।

जेठ १३, २०८१ आइतबार १३:४२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।