‘पञ्चायत ३’को ट्रेलर रिलिज : फुलेराको राजनीति र रिङ्कीको प्रेममा फसे सचिव

‘पञ्चायत ३’को ट्रेलर रिलिज : फुलेराको राजनीति र रिङ्कीको प्रेममा फसे सचिव

एजेन्सी : बहुप्रतिक्षित वेब सिरिज ‘पञ्चायत ३’को ट्रेलर रिलिज भएको छ।

एमजोन प्राइममा आगामी मे २८ मा सार्वजनिक हुने वेब सिरिजको ट्रेलर रिलिज भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा सुरू भएको छ।

जितेन्द्र कुमारको मुख्य भूमिका रहेको सिरिजको ट्रेलर हेरेपछि फुलेरा गाउँको राजनीतिमा सचिव फसेको टिप्पणी गरेका छन्।

ट्रेलरको सुरुमा ग्राम पञ्चायतमा नयाँ सचिव प्रवेश गर्छन्, जसलाई प्रधानले कुनै मतलबै गर्दैनन्। पछि प्रधानले पुरानो सचिवको सरुवा रोकेको खुलासा हुन्छ।

गाउँमा पञ्चायतको निर्वाचनको माहोल भएको र बनराकसले प्रधानलाई हराउन ठूलो राजनीतिक खेलेको विषय ट्रेलरमा देखाइएको छ। यसका साथै यहि राजनीतिको बीचमा सचिव फसेका छन्।

यसका साथै सचिव र प्रधानकी छोरी रिङ्कीको प्रेमकहानी पनि देखाइएको छ। जहाँ उनीहरूबीच अध्यारो भएपछि चिया पिउन जाने कुरा हुन्छ।

सिरिजमा जितेन्द्र कुमारको अलावा रघुवीर यादव, नीना गुप्ता, सान्विका, चन्दन रोय र फैजल मलिक जस्ता कलाकारहरु देखिनेछन्। ‘पञ्चायत’का यसअघिका दुवै सिजनलाई दर्शकले खुब रुचाएका छन्।

जेठ ३, २०८१ बिहीबार ११:२७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।