‘कलाकारहरू कहिलेसम्म अधिकारविहीन भएर बस्ने?’

‘कलाकारहरू कहिलेसम्म अधिकारविहीन भएर बस्ने?’

काठमाडौं : वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले अब सबै कलाकारहरू एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका छन्। 

शुक्रबार राष्ट्रिय संगीतकर्मी संघको १८ औं साधारण सभा तथा छैठौं केन्द्रीय महाधिवेशनमा उनले कुनै मञ्चमा स्वागत कार्यक्रम गर्नको लागि कलाकार आवश्यक हुने तर कलाकारलाई महत्व नदिने भन्दै आफ्नो अधिकारको लागि एक भएर लाग्नुपर्ने बताए। 

उनले भने, ‘हामी कलाकारहरू आफ्नो हक हित र अधिकारका लागि एकजुट भएर अगाडि बढ्नुपर्छ। आफ्नो अधिकारको लागि अहिले पनि अगाडि बढिएन भने कहिले बढ्ने, कति दिन, वर्ष कुर्ने हो? सबैले आफ्नो अधिकार लिन सफल भए। हामी भने कुरेर बस्ने? कही भाषण गर्न वा मञ्चमा गएर स्वागत कार्यक्रम गर्नको लागि कलाकार चाहिन्छ तर कलाकारलाई केही दिइँदैन।’

देशको संस्कृति, परम्परा, गीत संगीतको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउने कलाकार नै भएको भन्दै सरकारले कलाकारहरूलाई माया र सम्मान गर्नै पर्ने उनको भनाई छ। 

उनले नेपालीहरूको आफ्नै अस्तित्व र इतिहास रहेको भन्दै देश, भाषा र संस्कृतिलाई गीतको माध्यमबाट चिनाउनु आफ्नो कर्तव्यलाई कहिले बिर्सिन नहुने बताए । 

२८ बैशाख, २०८१, २१:५८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।