आईपीएलमा पञ्जाबविरुद्ध बैंग्लुरुको ६० रनको फराकिलो जित

आईपीएलमा पञ्जाबविरुद्ध बैंग्लुरुको ६० रनको फराकिलो जित

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले पञ्जाब किंग्सविरुद्ध ६० रनको फराकिलो जित निकालेको छ।

घरेलु टोली पञ्जाबका कप्तान साम करनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा तानिएको बैंग्लुरुले २० ओभरमा सात विकेट गुमाएर २४१ रन बनायो।

जवाफमा पञ्जाबका ब्याट्सम्यानले १७ ओभरमा अलआउट हुँदै  १८१ रनमा समेटियो। हारसँगै पञ्जाब टोली आईपीलको प्लेअफ होडबाट बाहिरिएको छ।

बैंग्लुरुका लागि विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित ९२ रनको पारी खेल्दा रजत पाटीदार २३ बलमा ५५ रन जोडे।

फाफ डु प्लेसिस ९, विल ज्याक १२ रन बनाउँदा अन्त्यमा दिनेश कार्तिकले ७ बलमा १८ रनको दमदार इनिङ खेले। क्यामरुन ग्रीन २७ बलमा ४६ रन बनाएर नटआउट रहे। पञ्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए।

२४२ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई प्रारम्भिक झट्का प्रभासिमरनको विकेटको रुपमा लाग्यो। तर, दोस्रो विकेटका लागि जोनी बेयरस्टो र रिले रुसोले ७१ रनको तुफानी साझेदारी गरे।

बेयरस्टोले २७ रन बनाए भने अर्को छेउमा रुसोले २७ बलमा ६१ रनको विस्फोटक इनिङ खेले। शशांक सिंहले पनि ३७ रनको महत्वपूर्ण योगदान दिए।

पञ्जाबका लागि मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। जितेश शर्मा ५, लियाम लिभिङस्टोन ०, आशुतोष शर्मा ८ र कप्तान करणले २२ रन बनाएपछि फ्लप भए।

बैंग्लुरुका मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिए भने स्वप्निल सिंह, लोकी फर्गुसन र कर्ण शर्माले २-२ विकेट लिए।

जितसँगै बैंग्लुरुले प्रतियोगिताको प्लेअफ होडमा आफूलाई कायमै राखेको छ। उसलाई १४ अंकसहित प्लेअफको ढोका खोल्न अर्को दुई खेल जित्नैपर्ने दबाब छ।

२८ बैशाख, २०८१, ०८:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।