किन नेपाल आउँदैछिन् जापानकी विदेशमन्त्री खामिखावा ?

किन नेपाल आउँदैछिन् जापानकी विदेशमन्त्री खामिखावा ?

काठमाडौं : जापानकी विदेशमन्त्री खामिखावा योको आज नेपाल आउँदैछिन्। अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन्। 

जापान नेपाललाई निरन्तर सहयोग गर्ने मुलुकहरुमध्ये एक हो।

नेपालमा भेटघाटपछि उनी आजै जापान फर्किने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयकाअनुसार काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने जनाइएको छ। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। 

नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो। यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो। त्यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउले मन्त्रीस्तरीय भ्रमण गरेका थिए।

२३ बैशाख, २०८१, ०७:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।