वेस्टइन्डिज 'ए' सँग नेपालको सुखद अन्त्य, अन्तिम खेलमा ६ विकेटले जित

वेस्टइन्डिज 'ए' सँग नेपालको सुखद अन्त्य, अन्तिम खेलमा ६ विकेटले जित

काठमाडौं : काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्टइन्डिज एलाई ६ विकेटले पराजित गरेको छ। 

टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिज एले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो। 

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले। शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए। कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्य गरे। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिज एले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो। 

वेस्टइन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए। उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए। कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए। 

त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए।

नेपालका सोमपाल कामी र सागर ढकालले तीन/तीन विकेट लिए। 

नेपालको १५ सदस्यीय टोली आज साँझ नै विश्वकपका लागि अमेरिका उड्नेछ।  

२२ बैशाख, २०८१, १५:४६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।