‘बोक्सीको घर’ र ‘मनसरा’बाट ‍सुपला र नेनाहाङको चर्चा

‘बोक्सीको घर’ र ‘मनसरा’बाट ‍सुपला र नेनाहाङको चर्चा

काठमाडौं : बालबालिकाले नाचेको गाएकाे अभिनय गरेकाे हेर्न सबैलाई मनपर्छ। उनीहरूले गरेका स-साना क्रियाकलापहरूले ठूला मानिसले मनाेरञ्जन लिइरहेका हुन्छन्।

कतिपय फिल्मकै कुरा गर्ने हाे भने पनि बाल कलाकारका कारण ठूला कलाकार छायाँमा परेका छन्। जस्तै- नाइ नभन्नु ल। उक्त फिल्मका बाल कलाकार अनुभव रेग्मीका फिल्मका अन्य कलाकारलाई बिर्साइदिएका थिए।

वैशाख १४ गते प्रदर्शन भएको फिल्म ‘बोक्सीको घर’मा नयाँ बाल कलाकारहरूले आफ्नो अभिनय प्रस्तुत गरेका छन्। फिल्मको मुख्य पात्र जुनु अधिकारीको भूमिका गर्ने सुपला सापकोटाको गर्दैछिन्। उनको अभिनयले दर्शकलाई छिनमै भावुक बनाउँछ भने छिनमै हसाउँछ।

गाउँको सोझी केटी र बाल्यकालमा विवाह हुँदाको कथामा आफूलाई दुरुस्तै भूमिका निर्वाह गरेकी छन्। फिल्म हेरेका दर्शकले उनको भूमिकाकाे राम्रै चर्चा गरेका छन्। उनका हरेक डाइलगले आँखा रसाउने चर्चा फिल्मकर्मीमाझ छ।

सुपला सँगै वैशाख २१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’का बाल कलाकारको पनि उस्तै चर्चा रहेको छ। उनले फिल्ममा गरेको अभिनयले दयाहाङ र मिरुनाको अभिनयलाई बिर्साउने कोसिस गरेको छ।

फिल्ममा तान्छोको भुमिका निर्वाह गरेका नेनाहाङ राईको अभिनयले सामाजिक सञ्जालमा समेत चर्चा बटुलेको छ। उनले बोलेको लवजको अझ बढी चर्चा पाएको हो।

लिम्बू समुदायले बोल्ने लवजमा उनले दुरुस्तै बोलेर आफूलाई छायाँमा पर्न दिएका छैनन्। फिल्म हेरिसकेका दर्शकले दयाहाङ र आसपासका पात्र बिर्सन सक्छन्। तर, उनको भुमिकालाई बिर्सन सक्दैनन्।

केहि म्युजिक भिडियोमा समेत अभिनय गरको राई यतिबेला फिल्ममेकरको नजरमा समेत पर्ने सम्भावना देखिएको छ।

२२ बैशाख, २०८१, ११:४३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।