‘बोक्सीको घर’को सिक्वेल घोषणा, पाँच दिनमा छ करोड कमाएको दाबी

‘बोक्सीको घर’को सिक्वेल घोषणा, पाँच दिनमा छ करोड कमाएको दाबी

काठमाडौं : पाँच दिनमा छ करोड कमाएको दाबी गरिएको फिल्म ‘बोक्सीको घर’को सिक्वेल बन्ने भएको छ।

बिहीबार फिल्मको व्यापारबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले पाँच दिनमा फिल्म छ करोडको ग्रस कलेक्सन गरेको दाबी गरेको हो।

फिल्मका वितरक अशोक शर्माले बिहीबार मध्यान्ह १२ बजेसम्म ६ करोड भन्दा बढि कलेक्सन गरेको दाबी गर्दै उपत्यकाभन्दा पनि बाहिरबाट राम्रो कलेक्सन भएको दाबी गरे।

फिल्मकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले फिल्मले सफलता हासिल गरेको हुनाले दोस्रो फिल्मको तयारीमा लागेको जानकारी दिइन्।

उनले भनिन्, ‘सुलक्षण भारतीकोले जब मलाई कथा सुनाउनुभयो। त्यो सुनाएपछि हाँसेको थिएँ। तर, कथा राम्रो बनेको हुनाले दोस्रो घोषणा गरिएको हो।’

यता फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारतीले फिल्मको पटकथासमेत तयार भइसके पनि बीचमा अर्को फिल्म निर्माण गरेपछि मात्र सिक्वेल निर्माण गर्ने बताए।

उनले भने, ´फिल्मको कथा तथा पटकथा तयार भइसकेको छ। तर तत्काल छायांकनमा भने जाँदैनौं। यो भन्दा अघि एउटा फिल्म निर्माण गरेपछि मात्रै छायांकनमा जानेछौं।’

२० बैशाख, २०८१, १२:३८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।