वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टस हार्‍यो, क्याप्टेन रोहित नै बेन्चमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टस हार्‍यो, क्याप्टेन रोहित नै बेन्चमा

काठमाडौं : वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको तेस्रो खेलमा नेपालले टस हारेको छ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले कप्तानी सम्हाल्दै छन्। नियमित कप्तान रोहितलाई आज विश्राम दिइएको छ।

वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन्।

नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ। कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द पनि बेन्चमा छन्।

करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी टिममा आएका छन्।

वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई पहिलो पटक टोलीमा राखेको छ।

सिरिज हाल १-१ को बराबरीमा छ। नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो। कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो। उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन्।

नेपाली टोली :
अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

१९ बैशाख, २०८१, १२:०७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।