आईपीएलमा आज मुम्बई र लखनउ भिड्दै, आँकडामा लखनउ भारी

आईपीएलमा आज मुम्बई र लखनउ भिड्दै, आँकडामा लखनउ भारी

काठमाडौं :  इन्डियन प्रिमियर लिग आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्टस भिड्दैछन्।

खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे लखनउको एकना अन्तरार्ष्ट्रिय क्रिकेट रंगशालामा शुरू हुनेछ।

दुई टोलीबीच हालसम्म भएका चार खेलमा लखनउले ३-१ को अग्रता लिएको छ भने गत वर्ष एकना मैदानमा यी दुई टोली पहिलो पटक भिड्दा लखनउले पाँच रनले रोमाञ्चक जित हात पारेको थियो।

अंक तालिकाको कुरा गर्ने हो भने लखनउ ९ खेलबाट ५ जित र १० अंक जोडेर पाँचौं स्थानमा छ भने मुम्बई समान खेलबाट तीन जित र ६ अंक जोडेर नवौं स्थानमा छ।

आईपीएलमा हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई २१ बल बाँकी छँदै सात विकेटले पराजित गरेको थियो।

जितसँगै कोलकाता ९ खेलबाट १२ अंकसहिता तालिकाको दोस्रो स्थानमा हुँदा ११ खेलबाट १० अंक बटुलेको दिल्ली छैटौं स्थानमा छ।

१८ बैशाख, २०८१, १२:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।