वेस्टइन्डिज ‘ए’ विरूद्वको​​​​​​​ दोस्रो खेलमा नेपालका ५ खेलाडी परिवर्तन, फिल्डिङ गर्दै

वेस्टइन्डिज ‘ए’ विरूद्वको​​​​​​​ दोस्रो खेलमा नेपालका ५ खेलाडी परिवर्तन, फिल्डिङ गर्दै

काठमाडौं : वेस्टइन्डिज ‘ए’ विरूद्वको दोस्रो टी-२० खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर वेस्टइन्डिजका कप्तान रोस्टन चेजले ब्याटिङको निर्णय गरेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। 

नेपालले यसअघि शनिबार वेस्टइन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो। आजको खेलमा पनि रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ।

यस्तै, नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन्। नेपाली टिममा आज लोकेश बम, सोमपाल कामी, आरिफ सेख, सागर ढकाल र  आकाश चन्दले प्लेइङ–११ मा मौका पाएका छन्। उनीहरू विवेक यादव, कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी र अभिनाश बोहराको स्थानमा मौका पाएका हुन्।

खेल मध्याह्न १२ः१५ बजेदेखि सुरू भएको छ। 

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले घरेलु टिमसँग पाँच खेलको टी-२० शृंखला खेल्ने तालिका छ। तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल आउँदो शनिबार तय हुनेछ।  

१६ बैशाख, २०८१, १२:२५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।