जब पूर्वप्रधानमन्त्री ओली 'बहालवाला प्रधानमन्त्री' बने

जब पूर्वप्रधानमन्त्री ओली 'बहालवाला प्रधानमन्त्री' बने

काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को छायांकन सुरू गरेका छन्।निर्धारित समयभन्दा करिब ४ घण्टा सुटिङ टिमलाई पर्खाएर ओलीले मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा छायांकन सुरू गरे।

ओलीले सुटिङ गर्नुअघि क्यामरामा धुपबत्ती गरे। निर्देशक रमित ढुंगानाले ओलीलाई उनको भूमिका र अहिले खिचिने सट बारेमा थोरै ब्रिफिङ गरे। त्यसपछि सुटिङ सुरु भएको थियो। फिल्ममा उनको प्रधानमन्त्रीको भूमिका रहेको छ।

यो चलचित्रमा ओलीसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अभिनय गरेका छन्। नेपालको सुटिङ केही दिनअघि भएको थियो।

यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि ओली देखिएका थिए। फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको फिल्मलाई अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन्। एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ।

एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्ने छिन्। उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन्।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो। एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ।

११ बैशाख, २०८१, १९:०८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।