सन्यास फिर्ता लिने सम्भावनालाई नकार्दै नारायणले भने- ‘अब ढोका बन्द भइसक्यो’

सन्यास फिर्ता लिने सम्भावनालाई नकार्दै नारायणले भने- ‘अब ढोका बन्द भइसक्यो’

एजेन्सी : वेस्ट इन्डिजका स्पिन अलराउन्डर सुनिल नारायणले वेस्ट इन्डिज र अमेरिकामा हुने टी२० विश्वकप खेल्ने सम्भावनालाई नरहेको बताएका छन्।

कोलकाता नाइट राइडर्सको लागि आफ्नो राम्रो फर्मको बावजूद उनले भने, ‘अब ढोका बन्द भइसक्यो।’

३५ वर्षीय क्यारेबियन खेलाडी हाल आईपीएल २०२४ मा मोस्ट भ्यालुएबल प्लेयर भएका छन्। गत हप्ता उनले राजस्थान रोयल्सविरुद्ध ५६ बलमा १०९ रन बनाएर अविजित रहेका थिए।

यो उनको टी२० विश्वकपमा पहिलो शतक हो। उनले यस वर्ष २२.११ को औसत र ७.१० को इकोनोमीमा ९ विकेट लिएका छन्, जुन केकेआरका लागि संयुक्त सर्वाधिक हो।

नारायणको यस्तो फर्म देखेपछि वेस्टइन्डिजका कप्तान रोवमन पावेलले उनलाई सन्यास फिर्ता लिन आग्रह गरिरहेका छन्।

राजस्थानविरुद्ध शतक लगाएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यसको कुनै पनि सम्भावनालाई नकारेका छन्।

नारायणले नोभेम्बर २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनले २०१९ देखि वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्।

बुधबार कोलाकाताबाट जारी विज्ञप्तिमा नारायणले आफ्नो लागि विश्वकपको ढोका बन्द भइसकेको भन्दै अब देशबाट प्रतिनिधित्व गर्नेहरू केटाहरूलाई समर्थन गर्ने बताए।

११ बैशाख, २०८१, १३:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।