आईपीएलमा दुई सय विकेट लिने पहिलो खेलाडी बने युजवेन्द्र चहल

आईपीएलमा दुई सय विकेट लिने पहिलो खेलाडी बने युजवेन्द्र चहल

काठमाडौं : सर्वाधिक विकेट लिने भारतीय बलर युजवेन्द्र चहलले इन्डियन प्रिमियर लिगमा आईपीएलमा दुई सय विकेट लिएका छन्।

प्रतियोगिताको इतिहासमा दुई सय विकेट लिने उनी पहिलो खेलाडी हुन्। आईपीएलमा १८३ विकेट लिएर दोस्रो स्थानमा ड्वेन ब्राभो छन्।

यसअघि कुनै पनि टी-२० प्रतियोगितामा दुई जना बलरले २०० भन्दा बढी विकेट लिएका छन्। ड्यानी ब्रिग्स (२१९) र समित पटेल (२०८)ले इंग्ल्यान्डको घरेलु टी–२० प्रतियोगिता भाइटालिटी ब्लास्टमा २ सय भन्दा बढी विकेट लिएका हुन्।

चहलले भारतमा खेलेका १२५ आईपीएल खेलमा १५८ विकेट लिएका छन्। भुवनेश्वर कुमार यो सूचीमा दोस्रो स्थानमा छन्। भारतमा खेलेका आईपीएलमा उनले १६० भन्दा बढी विकेट लिएका छन्।

चहलले युएईमा ४२ आईपीएल विकेट लिएका छन्, जुन जसप्रित बुमराहसँग बराबरी हो। चहलले आईपीएलमा सातपटक ४ विकेट लिएका छन्, जुन लसिथ मालिंगासँग बराबरी हो। उनीहरू यो सूचीमा दोस्रो स्थामा छन्।

सुनिल नारायणको नाममा आईपीएलमा सबैभन्दा धेरै आठपटक चार विकेट लिएको रेकर्ड छ।

चहलले राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर दुवैका लागि कम्तिमा ५० आईपीएल विकेट लिएका छन् र दुई टोलीका लागि ५० आईपीएल विकेट लिने चौथो बलर हुन्।

पियुष चावला (कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्स), अक्षर पटेल (पञ्जाब र दिल्ली क्यापिटल्स) र राशिद खान (सनराईजर्स हैदरावाद र गुजरात टाइटन्स)का लागि गरेका छन्।

११ बैशाख, २०८१, ११:२९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।