फोनपे पेमेन्ट सर्भिसद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

फोनपे पेमेन्ट सर्भिसद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

काठमाडौं : फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ।

डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको जनाएको छ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरूलाई फोनपे कार्ड स्किम अन्र्तगत पूर्णरूपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत उपलब्ध गराउन सक्नेछन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ। सिटिजन्स बैंकका ग्राहकहरूले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत लिन सक्नुहुने जनाएको छ।

नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम परियोजना अन्तर्गत नेपाल राष्ट्र बैंकबाट संस्थालाई प्राप्त अनुमति बमोजिम फोनपे क्रेडिट कार्ड स्किम सञ्चालनम ल्याइएको हो। क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने कम्पनीको विश्वास छ।

क्रेडिट कार्ड पूर्ण रूपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरूको स्थानहरुमा निर्बाद रूपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ।

फोनपेका सीईओ दिवस कुमारले नेपालमा भुक्तानीको नयाँ उपकरण प्रस्तुत गर्न पाउँदा उत्साहित रहेको बताए।

उनले भने, ‘यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं।’

१० बैशाख, २०८१, ११:२०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।