एसीसी प्रिमियर कप : तेस्रो स्थानमा लागि आज नेपाल र हङकङ भिड्दै

एसीसी प्रिमियर कप : तेस्रो स्थानमा लागि आज नेपाल र हङकङ भिड्दै
फाइल तस्बिर

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ।

खेल नेपाली समयअनुसार शनिबार दिउँसो सवा चार बजे ओमान क्रिकेट एकेडेमीको टर्फ १ हुनेछ। दुवै टोली सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेका हुन्।

यी दुई टोलीबीच भएका पाँच खेलमा नेपालले तीन वटामा जित निकाल्दा हङकङले एक मात्र जित निकालेको छ। एक खेल नतिजाविहीन भएको थियो।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल युएईसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पाँच विकेटले स्तब्ध बनेको थियो।

एसीसी प्रिमियर कपको उपाधि जित्ने टोलीले आगामी वर्ष हुने एसिया कपमा सहभागी हुनेछन् भने दोस्रो र तेस्रो टोलीले एसीसी इमर्जिङ एसिया कपमा सहभागी हुनेछ।

८ बैशाख, २०८१, ०७:३६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।